३ साउन, काठमाडौं । फिफा विश्वकप–२०२६ को फाइनल खेल नेपाली दर्शकले नि:शुल्क हेर्न पाउने भएका छन्। हिमालय टेलिभिजनले विश्वकपको उपाधि भिडन्त सबैका लागि निःशुल्क प्रसारण गर्ने निर्णय गरेको हो।
हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलका अनुसार फाइनल खेलबाट कुनै पनि दर्शक वञ्चित नहोस् भन्ने उद्देश्यले हिमालय स्पोर्ट्स र डिगो एपमा रहेको पेवाल हटाइएको हो।
यसअघि सब्स्क्रिप्सन भएका दर्शकले मात्र हेर्न मिल्ने व्यवस्था रहे पनि अब हिमालय टिभी, हिमालय स्पोर्ट्स र डिगो मोबाइल एपमार्फत सबैले अतिरिक्त शुल्कबिनै प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।
नेपाली समयअनुसार आज राति १२:४५ बजे हुने फाइनलमा अर्जेन्टिना र स्पेन उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। हिमालय टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण सबै दर्शकका लागि खुला गरेको जनाएको छ।





