ब्रेकिङ न्युज

कांग्रेसकाे आधिकारिकता बिबाद: देउवा पक्षको पुनरावलोकन निवेदन

७ साउन, काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक दिएको आदेशलाई पुनरावलोकन गर्न माग निवेदन परेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसको बिवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशउपर पुनरावलोकन निवेदन दर्ता भएको छ । न्यायाधीशहरू न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका थिए ।