६ वैशाख, काठमाडौँ। नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले शिक्षक आन्दोलन प्रति आक्रोश व्यक्त गरेकी छन्। आज शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षकहरूको रमिता बढी भएको भन्दै तुरुन्त विद्यालय फर्कन आग्रह गरेकी हुन्।
नेत्री झाँक्रीले शिक्षकहरूलाई यतिका दिनसम्म सडकमा नाच्ने र गाउने अनि फर्किने मात्रै गरेको आरोप लगाएकी छन्। उनले शिक्षकलाई कसैले पनि सुनेन त भनेर आफूले चासो राखेको तर ‘उहाँहरू त संवाद नै नगर्ने रे’ भन्दै आक्रोश पोखेकी छन्। शिक्षा ऐन अहिले पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कँदैनौ भन्नु सरासर गलत भएको बताइन।
उनले शिक्षकहरूको माग शिक्षा ऐन सडकबाट पास हुने हो र? भन्दै प्रश्न पनि गरेकी छन्।
राज्यको तलब खाएका शिक्षक कर्मचारीले विद्यालय भर्नाको बेला विद्यालय नै बन्द गरेर लाखौँ विद्यार्थीको भविष्यलाई अन्योल बनाएको नेत्री झाँक्रीको आरोप छ।
