सामाजिक सञ्जाल

महेश बस्नेतको चेतावनी: ‘पटक पटक एमालेको शक्तिको परीक्षा नलिनु कठिन होला’

६ वैशाख, काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा नेता महेश बस्नेतले सचिव योगेश भट्टराईको बारेमा भिजीलान्तेहरुले फैलाएको अफवाहले एमालेको रौँ पनि नहल्लिने बताएका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै खरो प्रतिक्रिया दिएका हुन्। 

उनले पार्टी सचिव भट्टराईलाई ट्वाइलेटमा थुनेको भनी कल्पना गरेर गलत प्रचार गरेकामा आपत्ति जनाएका हुन्। उनले यस्तो गलत अफवाह विकास विरोधी अतिवादी तत्त्वहरूले फैलाएको आरोप समेत लगाए। उनले यस्ता हल्लाले  एमालेलाई कुनै फरक नपर्ने बताएका छन्। 

नेता बस्नेतले पटक पटक एमालेको शक्तिको परीक्षा नलिन चेतावनी दिएका छन्। उनले लेखेका छन् ,’पटक पटक हाम्रो शक्तिको परीक्षा नलिनु कठिन होला।’

एमाले सचिव भट्टराईलाई आफ्नै गृह जिल्ला ताप्लेजुङमा स्थानीयले लखेटेको र प्रहरीले ट्वाइलेटमा थुनेर बचाएको भन्ने समाचार सामाजिक सञ्जालमा भाइरल बनेको थियो। सोही विषयमा नेता बस्नेतले फेसबुक मार्फत खरो प्रतिक्रिया दिएका हुन्।