राजनीति

शिक्षा विधेयक पारित गरेर शिक्षकहरूको माग सम्बोधन गर्न सरकार गम्भीर छ: गृहमन्त्री लेखक 

१० वैशाख, काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले सरकार गठबन्धनमा कुनै समस्या नरहेको दोहोर्‍याएका छन्।  आज बुधवार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

शिक्षामन्त्रीको राजीनामा बारे उनले घुमाउरो भाषणमा राजीनामा दिएको र प्रधानमन्त्री र शिक्षामन्त्रीको  कुरा भएको होला भन्दै जवाफ दिएका छन्। , के कारणले कसरी राजीनामा दिएको भन्नेबारे  प्रधानमन्त्रीलाई भनेकै होला भन्दै थप खुलाउन चाहेनन् ।  

गृहमन्त्री लेखकले आन्दोलनरत शिक्षकहरूको माग सरकारले सक्ने जति अहिले  समाधान गरेर जाने तयारी गरेको जानकारी दिए। उनले शिक्षकहरूसँग कुराकानी भइरहेको र छिटो भन्दा छिटो शिक्षा विधेयक पारित गरेर शिक्षकहरूको माग सम्बोधन गर्नतर्फ सरकार गम्भीर रहेको समेत बताए।