१० वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सरकारले आफ्नो वैधानिकता गुमाइसकेको बताएका छन्। आज पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले प्राविधिक रूपमा सरकार अस्तित्वमा रहे पनि वैधानिक रूपमा सरकारको अस्तित्व सकिएको बताएका हुन्।
उनले काँग्रेस-एमालेको सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरित बनेको भन्दै सरकारमा बस्ने नैतिकता अधिकार गुमाइसकेको आरोप लगाए।
प्रवक्ता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली हतास मानसिकतामा रहेको भन्दै आफ्नै पार्टीका नेता कार्यकर्तालाई गाली गलौज गर्न सुरु गरेको बताए। ओली सरकार निभ्ने लागेको बत्ती जस्तै भएको उपाध्यक्ष सापकोटाको भनाइ छ।