१२ वैशाख, काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्सले नियामक निकाय बिमा समितिको चुक्ता पुँजीको मापदण्ड पूरा गर्नका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। यही वैशाख ३० गतेदेखि शेयर निष्कासन गर्ने भएको हो।
कम्पनीले वैशाख ४ गतेसम्म शेयर धनीको नाम दर्ता गराइसक्न भनेको छ। जेठ १९ गतेसम्म आवेदन दिन सकिने अन्तिम मिति समेत तोकिएको छ।
कम्पनीको हाल रहेको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँमा २७ प्रतिशत हकप्रद शेयर थप गरी १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर निष्कासन गरिने कम्पनीले जनाएको छ। हकप्रद शेयर थपिए पछि कम्पनीको चुक्ता पुँजी समितिको मापदण्ड अनुसार ५ अर्ब पुग्ने बताइएको छ।