१३ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई विद्यालय शिक्षा विधेयकसम्बन्धी आफैंले विगतमा प्रस्तुत गरेका संशोधनहरूमाथि पुनः अध्ययन गर्न आग्रह गरेका छन्।
शिक्षक आन्दोलन चर्किरहँदा शिक्षामन्त्री पन्तलाई समाधानको उपाय आफ्नै अघिल्लो संशोधनमा रहेको स्मरण गराउँदै शर्माले भने, “शिक्षामन्त्रीज्यू, तपाईंले सांसद हुँदा राख्नुभएको संशोधन हेर्नुस्, समाधान त्यहीँ भेटिन्छ।”
शर्मासहित अर्का महामन्त्री गगन थापाले शनिबार नेपाल शिक्षक महासंघका नेताहरूसँग संवाद गर्दै आन्दोलन चाँडो अन्त्य गर्न सरकार र महासंघबीच आपसी सम्झौता आवश्यक रहेको प्रस्ताव अघि सारेका थिए।