समाचार

शिक्षक-प्रहरी झडप: १५ जना घाइते, सिभिल र ट्रमा हस्पिटलमा उपचार हुँदै 

१४ वैशाख, काठमाडौँ । आज बानेस्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबिच झडप हुँदा १५ जना आन्दोलनकारी शिक्षक घाइते भएका छन्।  प्रहरीमाथि ढुंगामुढा  गरेपछि प्रहरीले पानीको फोहोरा हानेर  भिड तितरबितर पारेको थियो । 

प्रहरीले प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई रोक्न खोज्दा प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि प्रहरीले बल प्रयोग गरेको हो। 

शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए भने आन्दोलनमा घुसपैठ भएको शिक्षकहरूले बताएका छन्।