शिक्षा

शिक्षक आन्दोलन- यथाशीघ्र वार्ता गरी न्यायपूर्ण समाधानका लागि पहल गर्न बार एशोसिएशनको अपिल

१५ बैशाख, काठमाडौँ । नेपाल बार एशोसिएसनले आन्दोलनकै कारण राजधानीको मुख्य र व्यस्त रहने सडकमा यातायात लगायत दैनिक जन-जीवन प्रभावित भई कष्टकर हुँदै गईरहेको तर्फ गम्भीर ध्यानाकर्षण गरेका छ ।

आफ्‌ना माग पुरा गर्न संविधान प्रदत्त विरोधका कार्यक्रम शान्तिपूर्ण रुपमा सञ्चालन गर्न र आन्दोलनमा बल प्रयोग नगर्न नगराउन नेपाल बार एशोसिएशनले आग्रह गरेका छ । बिज्ञप्तिमा भनिएको छ “आन्दोलनका कारण सामुदायिक विद्यालयहरु बन्द रहेको, पठन-पाठन नभई विद्यार्थीहरुको संविधान प्रदत्त शिक्षा सम्बन्धी हकहरुको हनन भई निर्धारित परीक्षाहरु समेत अवरुद्ध भएका छन् । आन्दोलनकै कारण राजधानीको मुख्य र व्यस्त रहने सडकमा यातायात लगायत दैनिक जन-जीवन प्रभावित भई जन-जीवन कष्टकर हुँदै गईरहेकोतर्फ समेत यस एशोसिएनको गम्भीर ध्यानाकर्षण भएको छ

नेपाल शिक्षक महासंघले पेशागत लगायतका माग राखी आन्दोलन भईरहेको सन्दर्भमा वैशाख १४ गतेका दिन दोहोरो झडप भई पत्रकार, शिक्षकहरु र सुरक्षाकर्मीहरु घाइते भएको घटनाप्रति यस एशोसिएशन दुःख व्यक्त गर्दै उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छ ।

सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न र देखिएका समस्याहरुका बारेमा शीघ्रातिशीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न संघीय संसद, नेपाल सरकार र नेपाल शिक्षक महासंघ लगायत सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई नेपाल बार एशोसिएशनले अपिल गरेका छ ।

बिज्ञप्ति :