शिक्षा

संसदमा विपक्षी दलहरूले दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव, सम्बोधन होला त शिक्षकको माग ?

 १५ वैशाख, काठमाडौँ। शिक्षक महासङ्घको नेतृत्वमा चलिरहेको आन्दोलनको माग सम्बोधनको लागी प्रमुख प्रतिपक्ष दललगायत विपक्षी दलहरूले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। 

आजको संसद् बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक,समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर रहेका छन् ।  आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सिले पनि उक्त प्रस्तावमा समर्थन गरेका छन् 

 २७ औँ दिनसम्म जारी रहेको शिक्षकको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै समाधानको लागी छ बुँदे प्रस्ताव गरेका छन्। 

काठमाडौं केन्द्रित शिक्षक आन्दोलनप्रति सरकारको कुनै पनि गम्भीरता नदेखाएको  प्रस्तावमा भनिएको छ। आफ्नो पेशागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरूको आवाजलाई समेत सरकारले बेवास्ता गर्दै आइरहेको उक्त प्रस्तावमा उल्लेख छ।