ब्रेकिङ न्युज

विशेष अदालतको फैसला: बस्नेतलाई क्लिन चिट, तीन अधिकारीलाई कैद

२२ असार, काठमाडौं । विशेष अदालतले टेरामक्स खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वसञ्चारमन्त्री तथा कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ।

अदालतले भने नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्य धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गर्दै ६–६ महिना कैद र प्रत्येकलाई ५० हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको छ।

अदालतले बिगो कायम गर्न नमिल्ने निष्कर्ष निकाल्दै जरिबाना मात्रै तोकेको हो। साथै, दीगम्बर झा नेपाल विद्युत प्राधिकरणको अध्यक्षसमेत रहेकाले उनलाई थप ६ महिना कैद सजाय हुने राय पनि अदालतले दिएको छ।