२२ असार, काठमाडौं । होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई बैंक खाता विवरण बुझाउन सरकारले दिएको समयसीमा आइतबार सकिएको छ। खाता विवरण बुझाएका लाभग्राहीको खातामा २४ असारभित्र राहत रकम पठाइने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।
सरकारले प्रत्येक परिवारलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने र त्यसपछि प्रति महिना १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। रकम पाएपछि सुकुमवासीले आफ्नो अस्थायी बसोबास र खानपानको व्यवस्था आफैं गर्नुपर्नेछ।
यद्यपि, बैंक खाता विवरण नबुझाएका वा होल्डिङ सेन्टर छाड्न अस्वीकार गरेका सुकुमवासीको विषयमा भने सरकारले अझै कुनै अन्तिम निर्णय गरिसकेको छैन। सम्बन्धित निकायले यसबारे थप छलफलपछि निर्णय लिइने जनाएको छ।





