१५ बैशाख, काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक अहिले जारी रहेको छ ।
स्रोतका अनुसार, यस बैठकले शिक्षकहरूको विभिन्न मागलाई सम्बोधन गर्नका लागि महत्वपूर्ण निर्णय गर्ने तयारीमा छ। शिक्षकहरूले लामो समयदेखि देशभरि प्रदर्शन गर्दै, आफ्ना हकका लागि आवाज उठाउँदै आएका छन्।
यस बैठकको मुख्य एजेन्डामा आन्दोलनरत शिक्षकहरूको समस्याहरूको समाधानका लागि ठोस कदम चालिने अपेक्षा गरिएको छ।