राजनीति

सामाजिक संस्थामा पार्टी कार्यालय राखेर एमालेले सरकारी सम्पत्तिको दुरुपयोग गर्‍यो: सांसद प्रभु साह  

१६ वैशाख, काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले एमालेको पार्टी कार्यालय रहेको तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक संस्था हो ? भन्दै प्रश्न गरेका छन्।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक कामको लागी बनेको उक्त प्रतिष्ठानमा पार्टी कार्यालय राखेर एमालेले सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन्। 

एमालेको बल्खुमा रहेको केन्द्रीय कार्यालय भूकम्पले भत्काएपछि बबरमहल, धुम्बराहीमा पार्टी कार्यालय सार्दै आएको थियो। सो ठाउँमा पनि कार्यालय सञ्चालनमा समस्या भएपछि केही वर्ष देखि तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा कार्यालय सञ्चालन गर्दै आएको छ। 

सांसद साहले उक्त प्रतिष्ठानमा एमालेको कार्यालय राख्न नहुने भन्दै प्रश्न उठाएका हुन्।