शिक्षा

शिक्षक मूल्यांकनका लागि आयोगको नयाँ पुस्तिका सार्वजनिक (पुर्णपाठ सहित)

२९ वैशाख, काठमाडौँ । शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्यांकन प्रक्रियामा सुधार ल्याउने उद्देश्यसहित ‘शिक्षक कार्यसम्पादन मूल्यांकन सहजीकरण पुस्तिका, २०८२’ सार्वजनिक गरेको छ।

मूल्यांकनका सम्पूर्ण चरण-फाराम भर्ने, प्रमाणित गर्ने, अंक निर्धारण र पुनरावलोकनसम्म-स्पष्ट पार्ने यो पुस्तिका विशेष गरी बढुवामा प्रयोग हुने ७५ प्रतिशत मूल्यांकन प्रणालीलाई व्यवस्थित गर्ने दिशामा केन्द्रित छ।

आयोगका अनुसार शिक्षिकाले शैक्षिक सत्र सुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्यांकन फाराम दर्ता गर्नुपर्ने प्रावधान छ। फाराममा अघिल्लो सत्रको प्रगति विवरण समेटिनुपर्नेछ, जसले बढुवाको आधार तय गर्नेछ।

यस्तो छ पुस्तिका :