ब्रेकिङ न्युज

सर्वोच्चको फैसला- एमालेलाई मीन बहादुर गुरुङको जग्गादान कानुनी रुपमा वैधानिक

२९ वैशाख, काडमाडौँ । व्यवसायी तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङ र उनकी पत्नीले नेकपा एमालेलाई दिएको १० रोपनी १४ आना जग्गा कानुनी रुपमा वैधानिक ठहर भएको छ।

सर्वोच्च अदालतले २०८१ पुस १ गते न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासबाट जारी आदेशमार्फत अधिवक्ताहरू ज्ञानबहादुर बस्नेत, श्यामकृष्ण मास्के र अभियन्ता अर्जुन थापाले दायर गरेको रिट खारेज गरेको हो।

सर्वोच्चले राजनीतिक दललाई सञ्चालनमा रोक लगाउन नपाइने र कुनै व्यक्ति वा संस्थाबाट अचल सम्पत्ति दान लिन नपाउनेगरी संविधान वा कानूनमा कुनै निषेध नभएको उल्लेख गर्दै एमालेले गुरुङ दम्पतीबाट लिएको जग्गा वैधानिक भएको ठहर गरेको हो।