समाचार

माओवादी केन्द्र र नेसपाबिच पार्टी एकता, श्रेष्ठले पाए केन्द्रीय सचिवको जिम्मेवारी 

१२ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा बिच ५ बुँदे सहमति गर्दै पार्टी एकता भएको छ।  आज ललितपुरको ग्वार्खुमा एक कार्यक्रमका बिच दुई पार्टी बिच एकता भएको हो। 

एकतामा नेतृत्व गर्दै आएका श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ भने बाकी सबै एकतामा आएका नेता कार्यकर्तालाई सम्मानजनक जिम्मेवारी दिने सहमति भएको हो। 

सहमति पत्रमा मार्क्सवाद,लेनिनवाद र माओवाद पार्टीको मार्ग निर्देशक सिद्धान्त रहने भनिएको छ। आज पार्टी एकता समारोहमा सम्बोधन गर्दै अध्यक्ष दाहालले एकतामा आएका सबै नेता कार्यकर्तालाई सम्मानजनक स्थान दिने समेत बताए।