१२ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रशिक्षण विभाग प्रमुखको रूपमा रहेका अनिल केशरी शाहले दिएको राजीनामा स्वीकृत भएसँगै उनी पार्टीबाट अलग भएका छन्।आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले शाहले दिएको राजीनामा स्वीकृत गरेको थियो।
पूर्व बैंकर समेत रहेका शाह एक भव्य कार्यक्रमकाबिच रास्वपा प्रवेश गरेका थिए। भिन्न विषयमा असन्तुष्टि जनाउँदै आएका शाहले अब रास्वपा औपचारिक रूपमा छाडेका हुन्।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा छन्। सभापति धेरै अभियोगमा मुछिनु र उनी प्रति आशा राखेर पार्टीमा आएका नेता कार्यकर्ताले धमाधम पार्टी छाड्नुले रास्वपालाई निकै ठुलो धक्का लागेको छ ।