१३ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको भनाई राजीनामा दिनुपर्ने स्तरको रहेको टिप्पणी गरेका छन्। उनले जेठ १५ को पार्टीको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउने अभिव्यक्ति दिएको आरोप लगाएका हुन्।
आज मङ्गलवार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष लिङ्देनले कार्यक्रमलाई भड्काउन खोज्ने गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने बताएका हुन्। प्रधानमन्त्रीले संविधानले दिएको स्वतन्त्रता सरकारले कुण्ठित गर्न खोजेको आरोप लगाए।
अध्यक्ष लिङ्देनले रत्नपार्कमा कार्यक्रम गर्ने भन्दा प्रधानमन्त्रीले त्यही नजिकै उनकै दलका कार्यकर्ता बोलाएर भिडाउन खोजेको समेत बताए।
प्रधानमन्त्री ओलीले १५ जेठ काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई तयारीमा लाग्न निर्देशन दिएका थिए ।