१३ जेठ, काठमाडौँ । गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षीहरूको अवरोध गरेको संसद् बैठक अझै बस्न सकेको छैन। सभामुख देवराज घिमिरेले संसद् खुलाउने प्रयास गरे पनि सफल हुन नसकेको हो।
सभामुख घिमिरेको पहलमा सत्ता र प्रतिपक्षीका प्रमुख सचेतकहरूको बैठक जारी छ। बैठकमा सभामुख, उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी रहेको बताइएको छ। सत्ता पक्षले आफ्ना विषयमा उठेका प्रश्नको जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई रोक्न नहुने अडान राखेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरू भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागलाई आफ्नो बटमलाइन बनाएका छन्।
दुवै पक्षको अडानमा कारण सहमति बन्न सकेको छैन। यस अघि आधा घन्टाको लागि स्थगित भएको बैठक सूचना टासेर साढे दुई बजे बस्ने भनिएको थियो। बैठक यो समाचार तयार पार्दासम्म बस्न सकेको छैन।