१८ जेठ, काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई आन्दोलन स्थलमै नल्याए उपत्यका बन्द गर्ने चेतावनी दिएका छन्। उनले आन्दोलनलाई सरकारी दमन यही हिसाबले जाने हो भने आन्दोलन झन् चर्किने बताएका हुन्।
अध्यक्ष लिङ्देनले गणतन्त्र विरोधी आन्दोलन भोलीबाट खास आन्दोलन हुने बताएका छन्। आज बालुवाटार प्रवेश गर्न खोज्दा अध्यक्ष थापालगायतलाई पक्राउ गरिएको थियो। उनले अब घरघरबाट सबै परिवार आएर आन्दोलन गर्ने चेतावनी दिए। लिङ्देनले भोलीबाट आन्दोलनको स्वरूप फरक हुने बताएका हुन्। खास लडाइँ भोलिबाट हुने अध्यक्ष लिङ्देनको भनाइ छ।
आजसम्म एक ठाउँमा भेला भएर प्रदर्शनमा आएको जुलुस भोलिबाट ५० ठाउँ बाट निस्किने दाबी गरे।