समाचार

आन्दोलित यातायात व्यवसायीले भने: भोलिदेखि सार्वजनिक यातायात ठप्प पार्छौँ

१८ जेठ, काठमाडौँ। यातायात व्यवसायीहरूले भोलि देखि सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरेका छन्।  आज एक विज्ञप्ति जारी गर्दै राइड सेयरिङका नाममा निजी सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले आन्दोलित बनेका हुन्।। 

उनीहरूले विज्ञप्तिमार्फत भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने बताएका छन्। उनीहरूले यात्रुहरूलाई परेको असुविधाको जिम्मा सरकार आफैले लिनु पर्ने विज्ञप्तिमा उल्लेख गराएका छन्। 

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात व्यवसायी महासङ्घ नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, एकीकृत समाजवादी यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले  संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने बताएका हुन्।  प्रदेश सरकार र सङ्घ सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर भोलि १९ गतेदेखि घर, ग्यारेजमा गाडी थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको बताएका हुन् ।