१८ जेठ, काठमाडौँ। राप्रपा सांसद दीपक सिंह पक्राउ परेका छन्। उनलाई बालुवाटार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो। राजसंस्था पुनर्स्थापना हिन्दु राज्यको माग राख्दै चलिरहेको आन्दोलनको क्रममा उनलाई पक्राउ गरिएको हो।
यस अघि पूर्व गृहमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका थिए।
उनलाई बालुवाटारमा निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ गरिएको हो। प्रहरीले अध्यक्ष थापालगायत ७ जनालाई पक्राउ गरेको थियो। सांसद सिंह सहित पक्राउ पर्नेको सङ्ख्या आठ पुगेको छ।