२१ जेठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय तोडफोड गरेकोबारे प्रहरीमा जाहेरी परेको छ। प्राध्यापक डाक्टर खड्ग केसीको कार्यालय तोडफोड भएको विषयमा प्रहरीमा जाहेरी परेको हो।
कीर्तिपुर प्रहरी वृत्तमा परेको उजुरीको बारे अनुसन्धान भइरहेको बताइएको छ। उक्त तोडफोडको घटनालाई लिएर सी सी टिभी फुटेज हेरेर अनुसन्धान भइरहेको हो। त्रिविले दोषीलाई कारबाही गर्न आग्रह गरेपछि प्रहरीले घटनाको बारेमा जाहेरी मागेको थियो। जाहेरी पछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै उपकुलपतिको कार्यालय तोडफोड गरेका थिए। सोही घटनालाई लिएर प्रहरीले कारबाही प्रक्रिया अगाडी बढाएको हो।