साहित्य

‘बिहे गर्देउ न बा’

२२ जेठ, काठमाडौं । परिवर्तन सोच अनि परिवर्तन समाज अनि मात्र सिद्धान्त‘विकास’को लागि महिला पनि सक्षम छन् र महिलाले पनि केही गर्न सक्छन् भन्ने मूल नाराका साथ यो गजल।
महिलाले पनि पुरुष सरह घरपरिवार सँगको विषयमा आवाज उठाउन सक्छन् भन्ने आत्मविश्वासका साथ यस भाव प्रस्तुत गरेकी छु ।

गीत श्रेष्ठ /गजल

एउटा केटो रोजेको छु, बिहे गर्देउ न बा
बाहुबली झै खोजेको, बिहे गर्देउ न बा

आमा बाले खोजेको जस्तो,केटो भेटेको छु
 सँगै जिउने सोचेकी छु,बिहे गर्देउ न बा

म बिना त ऊ पनि ,बाँच्दिन रे अब
मनको नाता जोडेकी छु,बिहे गर्देउ न बा

जिन्दगी मा जस्तै सुकै,दुःख परे पनि 
छोड्दिन भन्छ उसले, बिहे गर्देउ न बा

दुःख मेरो लिन्छु भन्छ, दाइजो पनि लिँदैन अरे
इमानदारी छ मेरो केटो, बिहे गर्देउ न बा
मेहनती छ मेरो केटो, बिहे गर्देउ न बा

(गजलकार श्रेष्ठ कवयीत्री, गजलकारका साथसाथै राजनीतिशास्त्री समेत हुन् ।)