ब्रेकिङ न्युज

उच्च अदालतले खड्का नेतृत्वको २१ सदस्यीय स्ववियुलाई दियो मान्यता, महेश भट्टराईले बनाए नयाँ रेकर्ड

४ असार, काठमाडौँ । रत्न राज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्गको सहमतिमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चयनलाई उच्च अदालत पाटले सदर गरेको छ । 

आज सर्वोच्च अदालतले नेपाल विद्यार्थी सङ्घका तर्फबाट विनोदराज जोशीले बैसाख २१ गते दिएको रिट निबेदन खारेज गरेसँगै उक्त सहमतिमा बनेको स्वतन्त्र विद्यार्थी युनियनको समितिलाई वेद्यता दिएको हो । 

प्रमुख निर्वाचन अधिकृत अधिवक्ता महेश भट्टराईले अनेराश्ववियूका तर्फबाट सभापति लोकेश खड्का तथा सचिवमा नेपाल विद्यार्थीसंघबाट शैलेन्द्र उपाध्यायको नेतृत्वसहितका उम्मेद्वारहरु बाट सर्वसम्मति रूपमा स्वतन्त्र विद्यार्थी युनियन चयन गराएका थिए । 

पटक पटक स्थगित भएको काठमाडौँको मुटुमा रहेको आर आर क्याम्पसको स्ववियु निर्वाचन सहमतिमा गराउन सफल भएका अधिवक्ता भट्टराईसहितका विरुद्धमा नेविसंघका तर्फबाट सभापतिमा उम्मेदवारी दिएको विनोदराज जोशीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । 

आरआर क्याम्पस मात्र नभएर समग्र मुलुकभरका क्याम्पसहरूमा सहमतिमा स्वतन्त्र विद्यार्थी युनियन बनाएर सर्वोच्च अदालतबाट समेत सदर भएपछि प्रमुख निर्वाचन अधिकृत महेश भट्टराईले नयाँ रेकर्ड बनाउन सफल देखिएको आरआरका विद्यार्थीहरूको दाबी छ । जबकि नेविसंघ, अखिल, अखिल क्रान्तीकारी लयायतका विद्यार्थीका केन्द्रीय नेतृत्वको असहमतिमा आरआरका विद्यार्थीहरूको सहमतिमा उक्त २१ सदस्यीय स्ववियु निर्माण भएको थियो । 

अनेरास्ववियुका खड्काको नेतृत्वमा आरआर क्याम्पसमा गठन भयो २१ सदस्यीय स्ववियु

नेविसंघ अध्यक्ष शेर्पाले आक्रोशित हुँदै भने: आरआर क्याम्पसमा स्ववियु निर्बाचन बारे कुनै पनि सहमति भएको छैन

स्ववियु निर्वाचन : आरआर क्याम्पसमा चैत १६ गते निर्वाचन हुने 

तालाबन्दीका कारण आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित

तालाबन्दीका कारण आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित

आरआर क्याम्पसमा खुकुरी हानाहानपछि लगाईयो ताला, तीन बिद्यार्थी घाईते

आरआर क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएः पढाई बन्द गर्ने शिक्षकहरुको निर्णय