समाचार

आरआर क्याम्पसमा खुकुरी हानाहानपछि लगाईयो ताला, तीन बिद्यार्थी घाईते

२७ फागुन, काठमाडौं । स्वबीयू निर्बाचनका लागि त्रिभूवन बिश्वबिद्यालय अन्तर्गतका काठमाडौं उपत्यकाका २८ कलेजहरुमा सम्पन्न हुन गईरहेको मनोनयनलाई बिश्वबिद्यालयले आईतबारसम्मका लागि थप गरेको छ ।
आज आर आर क्याम्पसमा बिद्यार्थीहरुबीच झडप भएको छ । झडपका कारण नेकपा एमाले निकट अखिलका बिद्याथी नेता राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाईते भएको बताईएको छ ।
आज काठमाडौंको प्रदर्शनीमार्गस्थीत रत्नराज्यलक्ष्मी क्याम्पसमा बिद्यार्थीहरुबीच झडप र खुकुरी हानाहान हुँदा बिद्यार्थीहरु घाईते भएका हुन् । नेकपा एकीकृत समाजबादी बिद्यार्थी र अखिलका बिद्यार्थीबीच झडप भएको र उक्त झडपका कारण बिद्यार्थी घाईते भएको बताईएको छ ।
एमाले निकटका बिद्यार्थी संगठनले फर्जि बिद्यार्थी भर्ना गराएको आरोप नेकपा एस निकट बिद्यार्थी संगठनले लगाएका छन् भने नेकपा एस निकटका बिद्यार्थीले गुण्डागर्दी गरेको आरोप नेकपा एमाले निकट बिद्यार्थीले लगाएका छन् ।
नेबिसंघले फर्जि मतदाताका बिषयमा बिबाद हुँदा झडप भएको स्वीकारेको छ भने नेबिसंघसँगै अखिल क्रान्तीकारीले कलेजमा तालाबनदी गरेका छन् । फर्जि मतदाता बारे छानबिन गर्न कलेजले छानबिन समिति बनाएको छ ।