१३ असार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले आज दिउँसो एक बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्।
बैठक सिंहदरबारमा बस्ने छ। मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमण लगायतका विषयमा छलफल गर्ने तयारी भएको बुझिएको छ।
प्रधानमन्त्री ओली भोलि शनिवार स्पेन भ्रमणमा जाँदै छन्। उनले असार १६ देखि १९ गतेसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिने छन्।