समाचार

शिक्षा विधेयक जारी गर्ने मिति नजिकिँदै गर्दा समितिको बैठक आज पनि, बाकी विषयमा सहमतिको प्रयास 

१३ असार, काठमाडौँ। विद्यालय शिक्षा ऐन जारी गर्ने मिति नजिकिँदै गर्दा  समितिको बैठक थप छलफलका लागि आज पनि बसेको छ।    प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति आज सहमति जुट्न बाकी रहेका विषयमा छलफल हुने बताइएको छ। 

 आजको बैठकमा निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहे दिन सकिने छुटसम्बन्धी प्रस्तावमा छलफल अघि बढेको छ । उक्त प्रस्ताव  समितिका सभापति अम्मरबहादुर थापाले पेस गरेका थिए। 

आजको बैठकमा पेस भएका प्रस्तावमा कसैले निजी लगानीमा विद्यालय खोल्न चाहेमा तोकिएको विवरणलाई सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्ने, कम्पनी वा शैक्षिक गुठी कुन हो निवेदनमा उल्लेख गर्नुपर्ने, निजी लगानीका विद्यालय सञ्चालन गर्दा लोकल्याणकारी र सेवामूलक बनाई सञ्चालन गर्नुपर्ने पनि सभापति थापाले पेस गरेको प्रस्तावमा उल्लेख गरिएको छ।  

हिजो पनि उपसमिति र विज्ञहरूसँग छलफल पछि समितिले व्यापक छलफल गरेको थियो।  विद्यालय शिक्षा ऐन पर्सी असर १५ गते सांसदबाट पारित गर्ने सरकार र शिक्षक महासङ्घबिच सहमति भएको थियो।  सोही सहमति अनुसार समितिले सबै विषयलाई टुंगो लगाएर संसद्मा पठाउने तयारी गरेको छ।  संसद् बैठक असर १५ गते बस्दै छ।