समाचार

जसपा नेपालद्वारा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता 

१३ असार, काठमाडौँ।  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको बताएका हुन्। 

जसपा नेपाल लुम्बिनी सरकारमा  सहभागी नभई समर्थन मात्रै गरेको थियो।  समर्थन फिर्ता लिएको बेहोराको पत्र मुख्यमन्त्रीको कार्यालयमा पुगिसकेको छ। 

जसपा नेपालले सङ्घीय सरकारमा पनि  सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइसकेको छ।