ब्रेकिङ न्युज

शिक्षा ऐन जारी गर्ने आज अन्तिम दिन, महासङ्घसँग भएको सहमति अनुसार ऐन जारी होला त ? 

१५ असार, काठमाडौँ । सरकार र शिक्षक महासङ्घबिच भएको सहमति अनुसार आज  विद्यालय  शिक्षा ऐन जारी गर्ने अन्तिम दिन आइपुगेको छ।  उपसमिति हुँदै समाती र विज्ञहरूसँग प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले व्यापक छलफल गर्दै आएको छ।  

यस अघि उपसमितिले तयार पारेर समितिलाई बुझाएको प्रतिवेदनमा महासङ्घले तीव्र असन्तुष्टि जनाएको थियो भने सहमतिका सबै सम्झौता सरकारले लत्त्याएको आरोप लगाएको थियो। काठमाडौँमा २९ दिन सडक आन्दोलन गरेर फर्किएका शिक्षकहरूले सहमति अनुसार प्रतिवेदन नआएको भन्दै फेरी आन्दोलनको चेतावनी दिएका थिए। 

आजको दिन शिक्षाको क्षेत्रमा नयाँ नियम कानुन बन्ने दिनको रूपमा हेरिएको छ भने सहमति अनुसार सरकारले समयमै ऐन जारी गर्छ कि गर्दैन त्यो भने हेर्न बाकी छ।