ब्रेकिङ न्युज

काँग्रेसको पदाधिकारी बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा

१५ असार, काठमाडौँ ।नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। 

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेकाअनुसार बैठक आज  पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने गरी बोलाइएको छ।  भोलिबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। 

गत फागुन १ गते बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले चैत मसान्तसम्म तरुण दल, नेविसंघ, महिला सङ्घ, थारु सङ्घ, किसान सङ्घ र लोकतान्त्रिक खेलकुद सङ्घलाई महाधिवेशन गर्न निर्देशन दिएको थियो।