राजनीति

नेत्री झाँक्रीको टिप्पणी: अध्यक्षमाथि कानुनी सङ्कट आयो,अब मरेको सिनो काँधमा हालेर हिँड्न सकिँदैन, अर्ली महाधिवेशन गरौँ

१५ असार, काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीले अब पार्टी पुनर्गठन गरेर जानु पर्ने बताएकी छन्।   हिजो लुम्बिनी पुगेर उनले अध्यक्ष माधव नेपालविरुद्ध कानुनी, संवैधानिक हिसाबले सङ्कट आएकोअभिव्यक्ति दिँदै पार्टीलाई पुनर्गठन गर्न अर्ली महाधिवेशन  गर्नु पर्ने धारणा राखेकी हुन् ।  

उनले दिएको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। उनले अर्ली महाधिवेशनबाट पार्टी पुनर्गठन गरेर अध्यक्ष चुन्नु पर्ने बताएकी थिइन्। 

एकीकृत समाजवादी सम्बद्ध युवा सङ्घको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै शनिवार झाँक्रीले पार्टी अध्यक्ष नेपालमाथि  कानुनी, संवैधानिक हिसाबले सङ्कट आएको दाबी  गरिन्। उनले अब काँधमाथि मरेको सिनो हालेर हिँड्न नसकिने भन्दै दिएको अभिव्यक्तिले उक्त पार्टी भित्र खैलाबैला ल्याइदिएको छ ।

एमालेबाट फुटेपछि निर्वाचन आयोगमा पार्टी दर्ताको लागि माधव नेपालको हात समातेर लगेको विषयले  निकै चर्चा पाएको थियो।  उनी पार्टीको महाधिवेशनमा पराजित भएपछि अध्यक्ष नेपालविरुद्ध अभिव्यक्ति दिँदै आएकी छन्।