१५ असार, काठमाडौँ। भ्रष्टाचार मुद्दा लागेका नेपाली काँग्रेसका नेता तथा पूर्व संचारमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालत हाजिर भएका छन्। उनले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।
बस्नेतको विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बयान लिरहेको छ। उनी विरुद्ध मुद्दा दायर भए लगत्तै उनको सांसद पदबाट निलम्बन भएको थियो। यस अघि पूर्व प्रधानमन्त्री माधव नेपाल पनि अदालत हाजिर भएर ३५ लाख धरौटीमा छुटेका थिए।