समाचार

रास्वपा र राप्रपाले गरे संसद बैठक बहिस्कार

१५ असार, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रलेले आज पनि संसद बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा आफ्नो असन्तुष्टि प्रकट गर्दै दुवै दलले बैठक बहिस्कार गरेका थिए।

रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन वा उच्चस्तरीय न्यायीक आयोग गठन गर्नुपर्ने आफूहरूको माग यथावत रहेको बताउंदै रोस्टममा नाराबाजी गर्दै बाहिरिएका थिए।