समाचार

शिक्षा विधेयकलाई अन्तिम रूप दिन बोलाइएको समितिको बैठक स्थगित, थप छलफल गर्न शिक्षामन्त्रीले मागे समय 

१६ असार, काठमाडौँ। आज बिहान ८ बजे बस्ने गरी बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठक स्थगित भएको छ। सहमति भएको भनिएका केही विषयमा शिक्षक महासङ्घले असन्तुष्टि जनाएपछि  थप छलफल गर्न शिक्षा मन्त्रालयले समय माग गरेपछि  बैठक स्थगित भएको हो। 

अब बैठक दिउँसो २ बजे बस्ने बताइएको छ।  विद्यालय शिक्षा विधेयकमा थप छलफल गर्न शिक्षामन्त्री रघुजी पन्तले समय मागेका थिए। 

महासङ्घले राहत तथा आन्तरिक शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विषय लगायतका केही विषयमा असहमति जनाएको छ। 

सरकार र महासङ्घबिच भएको सहमति अनुसार हिजो असार १५ गरे शिक्षा विधेयक संसद् बैठकबाट जारी हुने पर्ने थियो तर, सहमति अनुसारको समय  बितिसकेको छ।  आज बस्ने भनिएको समितिको बैठकले भएका सहमतिलाई अन्तिम रूप दिने तयारी गरेको थियो।