१६ असार, काठमाडौँ। निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर-३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरा निर्वाचित उक्त क्षेत्रमा उनको निधन पछि निर्वाचन हुन लागेको हो।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले आफ्नो तयारी सम्पन्न गरेर उपनिर्वाचनको मिति तोकेको जानकारी दिएका हुन्।
गत चैत १९ गते तत्कालीन सांसद बोहराको काठमाडौँको ओम अस्पतालमा उपचारको क्रममा निधन भएसँगै रिक्त भएको थियो।