काठमाडौं । आज नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दैछ । आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्न लागेको हो ।
बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा, विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयहरुमा छलफल र निर्णयहरू हुने तयारी रहेको बताइएको छ । त्यस्तै आजको बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाकाहरू प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
आजको बैठकले शुक्रबार बस्ने पार्टी पोलिटव्यूरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटीका कार्यसूची पनि तय गर्ने छ।





