आर्थिक

विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलर र युरोको मूल्य कति ?

काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ५४ पैसा छ भने बिक्रीदर १३८ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ७१ पैसा र बिक्रीदर ९० रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २३ पैसा र बिक्रीदर १०० रुपियाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ १८ पैसा र बिक्रीदर १०७ रुपियाँ ६४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ १३ पैसा र बिक्रीदर १६० रुपियाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ०५ पैसा र बिक्रीदर १८५ रुपियाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ६१ पैसा र बिक्रीदर १७२ रुपियाँ ३६ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १६ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६ रुपियाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७३ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा कायम भएको छ ।