काठमाडौं । ‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानले हात पार्न सफल भएकी छन्।
नेपाल प्रहरी क्लबमा आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा देशभरका प्रतिस्पर्धीहरूमध्ये चार जना उत्कृष्ट युवतीहरूले विभिन्न उपाधि जित्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गरेका थिए ।
उक्त समारोहमा देशभरका युवा प्रतिभाहरुको सहभागिता देखिएको थियो भने दर्शकहरूको उपस्थिति पनि उल्लेखनीय थियो।
सुन्दरतासँगै आत्मविश्वास, सामाजिक उत्तरदायित्व र प्रतिभाको मुल्यांकन गर्दै निर्णायक मण्डलले फरक फरक विधामा चार जना विजेताहरूलाई ताज पहिराएका हुन्।





