६ साउन, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफल हुने भएको छ ।
जसले कुलिङ पिरियडमा दलहरूले राखेको प्रस्तावउपर निर्णय हुने भएकाे हाे । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले सरकारी कर्मचारीमा कुलिङ पिरियड आवश्यक नरहेको भनेर संशोधन प्रस्ताव राखेकाे छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भने कुलिङ पिरियड २ वर्ष नै राख्नुपर्ने भनेर संशोधन प्रस्ताव राखेकाे हाे ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने कुलिङ पिरियडको अवधि ३ वर्ष राख्नुपर्ने भनेर संशोधन प्रस्ताव राखेकाे छ । नेकपा एकीकृत समाजवादीका सांसदहरूले पनि कुलिङ पिरियडको प्रावधान प्रतिनिधि सभाबाट पारित भएर आए अनुसार २ वर्ष राख्नुपर्ने वा त्यो भन्दा बढी समय समेत राख्न सकिने बताउँदै आएका हुन्।
साेही विधेयकमा १६ समूहमा ४३ जना सांसदको संशोधन प्रस्ताव राखेका छन् ।





