६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभएर देशकै लागि समेत दिशा निर्देशन भएको बताएका छन् ।
काठमाडौंमा मंगलबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बीपी कोइरालाको जीवन सधैं संघर्ष र आन्दोलनमा गुज्रिएको समेत सभापति देउवाले स्मरण गरेका छन् । सभापति देउवाले वीपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन हुने दावी गरेका हुन्।
बीपीको सिद्धान्त र स्थापित मूल्य मान्यताले नै कांग्रेस आजको स्थितिमा आएको समेत उनको तर्क छ । राष्ट्रिय एकता र सामाजिक सदभावलाई अझ बलियो बनाउन बीपीले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक भएको सभापति देउवाको भनाइ थियो।





