६ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा प्रवेश गरिसकेका कारण पछि हट्ने अवस्था नरहेको दावी गरेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले आफ्नै निवास भंगालमा राजनीतिक संवाददातासँगको छलफलका क्रममा यस्तो दावी गरेकी हुन् । अब आफूले खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् । अब आफू अघि बढिसकेका कारण खुट्टा नकमाउने उनको जिकिर थियो ।
आफू सक्रिय राजनीतिमा आउने कुरामा केही पनि भयभित नहुन पूर्वराष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् । बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिएको र यस्तो कार्य बन्द गर्नुपर्नेमा उनले जोड दिएकी हुन् ।
नेकपा एमालेको राजनीतिमा फर्कने निर्णयको लामो इतिहास नै पूर्वराष्ट्रपति भण्डारीले सुनाएकी थिइन् ।





