राजनीति

छाता चौकको धरान उपमहानगरपालिकाको जग्गा तत्काल फिर्ता गर्न स्वास्थ्य मन्त्रालयलाई मेयर राईको पत्र

७ साउन, धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले धरानकाे छाता चौकको पुरानो अस्पतालको जग्गा तत्काल फिर्ता गर्न स्वास्थ्य मन्त्रालयलाई चिठी लेखेका छन् । 

मेयरको लेटर प्याडमा बिपी अस्पताललाई कसले दियो भन्ने प्रश्न उठाउँदै धरान उपमहानगरले नै आफ्नै नगर अस्पताल बनाउने तयारी रहेको भन्दै उक्त जग्गा फिर्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गरेका हुन् । 

कुन र कति क्षेत्रफल लगायत पूर्ण विवरण र नक्सा पुर्जा नराखेका उनले विज्ञप्ती प्रकाशन गरी सामाजिक सञ्जालमा राखेका छन् । 

उनले उक्त उपमहानगरपालिकाको जग्गा आफूखुसी मन्त्रालयले लान नपाउने मेयर राईको तर्क छ । उनको विज्ञप्ति आए पनि मन्त्रालयको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।