आर्थिक

युरोपेली संघ र अमेरिकाबीच व्यापार सम्झौता

१२ साउन, काठमाडौं । अमेरिका र युरोपेली संघले विश्वका २ ठूला आर्थिक साझेदारबीचको महिनौं लामो गतिरोध अन्त्य गरेका छन् ।

दुवै देशले गतिरोध अन्त्य गर्दे व्यापार सम्झौताको ढाँचामा समेत पुगेका हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनबीच स्कटल्याण्डमा भएको वार्तापछि दुवै नेताले सबै सामानहरूमा १५ प्रतिशतको अमेरिकी भन्सार कर लगाउन सहमति जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले यो गत शुक्रबारदेखि लागू गर्ने धम्की दिएको ३० प्रतिशत आयात कर दरको आधा हो । उनले भने कि २७ सदस्यीय ब्लकले केही उत्पादनहरूमा शून्य प्रतिशत भन्सार करका साथ अमेरिकी निर्यातकर्ताहरूका लागि आफ्नो बजार खोल्ने भएका छन्।

अध्यक्ष लेयनले पनि सम्झौताको प्रशंसा गरेको बीबीसीले उल्लेख गरेको हो । जसले विश्वव्यापी व्यापारको करिब एक तिहाइ हिस्सा ओगटेका दुवै सहयोगीहरूका लागि स्थिरता ल्याउने जनाइएको छ ।