१२ साउन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सोमबार बस्ने भएको हो ।
सोही बैठक सोमबार दिउँसो १ बजे हेटौंडामा बस्ने कांग्रेसले जनाएको हो । गत शुक्रबार २१ जना सांसहरुले संसदीय दलका नेता बहादुर सिंह तामाङविरुद्ध २१ जना सांसहरुले हस्ताक्षर गरेर बुझाएका थिए । त्यसपछि सोमबार बस्ने गरी बैठकको आह्वान गरिएको हो ।
कांग्रेसका बागमती प्रदेशमा ३७ जना सांसलद रहेका छन् । जसमध्ये २१ जना सांसद नेता लामाको विरुद्धमा उभिएका छन् भने पक्षमा १६ जना सांसद रहेका छन् । गत शुक्रबार कांग्रेसका बागमती प्रदेशका ४ जना मन्त्रीले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका थिए । तर मुख्यमन्त्रीले उनीहरुको राजीनामा स्वीकृत नगरेर बर्खास्ती गरेका थिए ।
चुनाव भएमा अहिलेका संसदीय दलका नेता तामाङ र सांसद ईन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने देखिएको छ । सोमबार नै दलको नेता चयन गर्नका लागि निर्वाचन हुन सक्ने आंकलन समेत गरिएको छ ।





