समाचार

कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक जारी

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको बैठक अहिले जारी रहेको छ ।

सोही बैठक संसदीय दलको कार्यालय हेटौंडामा जारी रहेको हो । मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता बहादुर सिंह तामाङविरूद्धको अविश्वासको प्रस्तावका बारेमा छलफल अगाडि बढाइने भएको छ।

यहि साउन ९ गते हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । २१ जनामध्ये सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले भने मुख्यमन्त्री लामाकै पक्षमा रहेको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिएका छन् ।

३७ जना सांसद रहेको संसदीय दलमा संसदीय दलको नेता हुन १९ जनाको समर्थनको आवश्यकता पर्ने हुन्छ ।