१३ साउन, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
कम्पनीले केही प्रदेश प्रमुख, ब्रान्च इन्चार्ज, मार्केटिङ अफिसर, एडमिन म्यानेजर, डेपुटी एडमिन म्यानेजर र एसिस्टेन्ट म्यानेजर लगायतका पदहरुमा केही संख्यामा कर्मचारी माग गरेको जनाएको हो।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको आधिकारीक इमेलमार्फत आवेदन दिन सकिने पनि कम्पनीले जानकारी गराएको छ ।




