राजनीति

सत्तारूढ दल कांग्रेस र एमालेका शीर्ष नेताबीचको बैठक सकियो

१५ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको बैठक सकिएको बालुवाटारमा स्रोतले जनाएको हो । बैठकमा संसदमा विचाराधिन विधेयक र कानून संशोधनका विषयहरूको बारेमा महान्याधिवक्ता रमेश बडालसँग छलफल भएको छ ।बैठकमा विशेषगरी कानून संशोधनकै विषयमा केन्द्रित भएर नेताहरूबीच छलफल भएको स्रोतले जनाएको हो ।

मन्त्रिपरिषद हेरफेरको बारेमा भने बैठकमा छलफल नभएको स्रोतले बताएको छ । बैठकमा मन्त्री हेरफेरको एजेन्डा पनि नभएको र विधेयकको बारेमा छलफल गर्नुपर्ने भएका कारण महान्यायाधिवक्ता बडाललाई बोलाइएको दावी गरिएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महान्यायाधिवक्ता बडालको उपस्थिति रहेको थियो।